दोलखाबाट ११ किलो सुन बरामद घटनामा चिनियाँसहित ३ जना पक्राउ

काठमाडाैं | असोज १६, २०८०

दोलखाबाट ११ किलो सुन बरामद घटनामा चिनियाँसहित ३ जना पक्राउ

दोलखामा बरामद गरेको ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित ३ जना पक्राउ परेका छन्।

 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले सोमबार र मंगलबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए। चिनियाँ नागरिक ग्याङ रू, सनत प्रधान र लालबहादुर तामाङ पक्राउ परेका हुन्।

 

प्रहरीले उनीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखामा पठाउने तयारी भइरहेको छ। यसअघि प्रहरीले यही घटनामा ७ जनालाई पक्राउ गरेको थियो। 

 

यस घटनाबारे जिल्ला प्रहरी कार्यालय दोलखासँग ब्युरोले पनि अनुसन्धान गरिरहेको एसपी अधिकारीले बताए।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्